११ असार २०८३, बिहीबार

माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा १ जना पक्राउ

माघ २६, २०८०
काठमाडौं
माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा १ जना पक्राउ

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पटेलले पटक-पटक गरी पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

'पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटक-पटक गरी रु पाँच लाख लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौं', उनले भने ।

पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्