०७ असार २०८३, आइतबार

सहायक हबल्दार मृत्यु प्रकरण : एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन​​​​​

माघ २६, २०८०
काठमाडौं
सहायक हबल्दार मृत्यु प्रकरण : एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन​​​​​

प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।​​​

सहायक हबल्दार हेमराज एलजीको  गएराति सवा ११ बजे काठमाडौंको बलम्बुमा ड्युटी सकेर फर्किँदै गर्दा भ्यानबाट खसेर मृत्यु भएको थियो ।

समितिमा अपराध महाशाखा एसपी मिलन केसी र काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीसहित तीन सदस्य छन् ।

समितिले १० दिन भित्र छानबिन गरेर प्रतिवेदन उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालाई बुझाउने छ ।

कमेन्ट गर्नुहोस्