१२ असार २०८३, शुक्रबार

बारीमा फल्यो १० किलोको घिरौँला, हेर्न आउनेको भीड

कात्तिक २०, २०७४
बारीमा फल्यो १० किलोको घिरौँला, हेर्न आउनेको भीड

पर्वत, २१ असोज– फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ ।

‘साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ,’ पौडेलले भने , ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।’

घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि वचाइराखेको बताए ।

अस्वाभाविक ठूलो घिरौँला फलेपछि उनको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् ।

कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, ‘मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्