
एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा ४ विकेट लिएका कप्तान रोहित पौडेलले दोस्रो खेलमा पनि क्यानडाविरुद्ध विकेट लिएका छन् ।
उनले एकै ओभरमा दुई विकेट लिएका हुन् । रोहितले क्यानडाका पर्गत सिंहलाई सोमपाल कामीबाट क्याचआउट गराएका हुन् । सिंहले ३८ बलमा ३८ रन बनाए ।
सोही ओभरमा उनले निकोलस किर्तनलाई पनि आउट गराए ।
पहिलो खेलमा रोहित ४ विकेट लिएपछि हार्ने अवस्थाबाट नेपालले क्यानडाविरुद्ध नाटकीय जीत दर्ता गरेको थियो ।
कीर्तिपुरमा जारी खेलमा क्यानडले ३२ ओभरमा ३ विकेट क्षतिमा १८० रन कटाएको छ ।