१६ असार २०८३, मंगलबार

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

माघ २७, २०८०
काठमाडौं
नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् । उनको कार्यकाल दुई वर्षको हुनेछ ।

बैंक वित्तीय संस्थामा दुई दशकभन्दा लामो समय काम गरेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् । साथै उनले एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा  इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गरेका छन् । 

पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमासमेत काम गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्