२५ असार २०८३, बिहीबार

हाइटीमा हिंसाः जनवरीमा मात्रै १ हजार १०० भन्दा बढी हताहत, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

माघ २७, २०८०
काठमाडौं
हाइटीमा हिंसाः जनवरीमा मात्रै १ हजार १०० भन्दा बढी हताहत, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रवार हाइटीका प्रमुख शहरहरूमा बढ्दो अशान्तिका बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए)ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख शहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।

पछिल्लो समयमा, प्रदर्शनहरूको बीचमा घातक हिंसाको कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग गर्ने पुग्ने योजनालाई असर गरेको ओसिएएचएले  जनाएको छ । हिंसाबाट देशभरी तीन लाख १३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीहरूलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाहरूको पहुँचमा सम्झौता गर्नु पर्ने मानवअधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन–रक्षक राहतको वितरणलाई पनि असर गरेको छ । 

विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठूलो असर पार्ने कार्यालयले जनाएको छ ।  

जनवरीको मध्यसम्ममा पोर्ट–ओ–प्रिन्स र अन्य शहरी क्षेत्रसहित राष्ट्रव्यापी रूपमा एक हजारभन्दा बढी विद्यालयहरू विरोध कार्यक्रम र प्रदर्शनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो ।

ओसीएचएले देशमा हिंसाले खाद्यान्नको मूल्य लगभग २५ प्रतिशतले बढेको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्