२५ असार २०८३, बिहीबार

सरकारले सही ढङ्गले काम नगर्दा राजावादीहरू प्रदर्शनमा उत्रिए : झलनाथ खनाल

माघ २७, २०८०
कास्की
सरकारले सही ढङ्गले काम नगर्दा राजावादीहरू प्रदर्शनमा उत्रिए : झलनाथ खनाल
फाइल फोटो

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।​

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।​​

जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उनको भनाइ थियो ।

नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए।

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे ।

अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरूले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने उनले बताए ।

'सत्तामा बसेका शक्तिले ठीक ढङ्गले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ', उनले भने ।

नेपालको कम्युनिस्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध हुने उल्लेख गरे ।

'दश लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिस्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो', खनालले भने ।

समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उनले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्