१२ साउन २०८३, मंगलबार

सोनाम ल्होछारको अवसरमा भेट्रान्स ब्याडमिन्टनः कटवाल र होनाको जोडीलाई उपाधि

माघ २७, २०८०
काठमाडौं
सोनाम ल्होछारको अवसरमा भेट्रान्स ब्याडमिन्टनः कटवाल र होनाको जोडीलाई उपाधि

सोनाम ल्होछारको अवसरका आयोजना गरिएको भेट्रान्स मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुरेन्द्र कटवाल र पूर्णहरि होनाको जोडीले जितेको छ ।

null

ललितपुरको लगनखेलस्थित रिभाइभ रिजर पार्कमा शनिवार भएको प्रतियोगिताको दोस्रो स्थान विमल गौतम र सुदीप योञ्जनको जोडीले हासिल गर्‍यो ।

null

 भेट्रान्स अफ नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा दुई जाेडीले तेस्रो स्थान प्राप्त गरे ।

null

शुक्र पाख्रिन र मीलन थापाको जोडी तथा लीलाबहादुर थापा र प्रेम घलेको जोडीले तेस्रो स्थान हासिल गरेका हुन् । थापा गण्डकी प्रदेशका सांसद हुन् ।

null

प्रतियोगितामा प्रथम हुनेले जनही १०–१० हजार, दोस्रोले ५–५ हजार र तेस्रोले जनही २ हजार ५०० रुपैयाँ र ट्रफी तथा मेडल प्राप्त गरे ।

null 

सहभागी जोडी २ जनाको उमेर जोड्दा ९० वर्षभन्दा बढी पुग्नेले प्रतियोगितामा भाग लिएका थिए । 

null

सोनाम ल्होछार विशेषगरी तामाङ समुदायले मनाउने राष्ट्रिय पर्व हो । 
 

salt training

कमेन्ट गर्नुहोस्