
पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । तीन खेलको सिरिजका लागि नेपाल भ्रमणमा रहेको क्यानडालाई लगातार दुई खेलमा पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।
पहिलो खेलमा अविश्वसनीय जस्तो लाग्ने स्थितिबाट कप्तान रोहित पौडेलले ४ विकेट लिँदै नेपाललाई ७ रनको सनसनीपूर्ण जीत दिलाएका थिए ।
दोस्रो खेलमा पनि सिनियर टिमका कप्तान रोहित, जुनियर यू–१९ टिमका कप्तान देव खनाल र ओपनर अनिल साहको शानदार खेलमा नेपालले सहजै सिरिज जितेको हो ।
कीर्तिपुरस्थित मैदानमा शनिवार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले ९ विकेट गुमाउँदै २८५ रन जोडेको थियो । जवाफी २८६ रनको लक्ष्य पछ्याउँदा नेपालका लागि तीन खेलाडी (अनिल, रोहित र देव)ले अर्धशतकीय महत्त्वपूर्ण पारी खेले ।
चुनौतीपूर्ण लक्ष्य भए पनि कुशल भुर्तेलले ठाउँमा अवसर पाएका अनिल साहले १९ बलमा ५० रनको आक्रामक कीर्तिमानी अर्धशतक प्रहार गरे ।
आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको तर्फबाट सबैभन्दा छिटो अर्धशतक हानेको कीर्तिमान साहले राखे । साहको यो आक्रामक रनले नेपालको मनोबल बढाइदियो ।
नेपालको ५५ रन हुँदा आशिफ शेख १० रन बनाएर आउट भए । ६४ रन हुँदा अनिल साह पनि आउट हुन पुगे ।

यसपछि भने कप्तान रोहित पौडेल र देव खनालले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाली टिमको लागि जीतसम्म पुग्ने आधार प्रस्तुत गरे ।
यस क्रममा देव खनालले ७६ रन बनाए । जसमा उनले २ छक्का र ७ चौका प्रहार गरे । बलियो शतकीय साझेदारीमा साथ दिएका कप्तान रोहितले १०१ बलमा ८७ रन बनाए । यस क्रममा उनले ४ छक्का र ८ चौका प्रहार गरे । ३३.५ ओभरमा २१४ रन हुँदा नेपालको तेस्रो विकेट गुमेको थियो ।
त्यसपछि २५३ मा चौथो र २६१ रन हुँदा नेपालको पाँचौं विकेट गुमे पनि नेपाल दबाबमा आएन । भीम सार्कीले २३ रन बनाए । जमेका ब्याटर आउट भएपछि आएका उनले २१ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए । फिल्डिङका क्रममा सेट ब्याटरलाई आउट गर्दा उत्कृष्ट फिल्डिङ र २३ रनको महत्त्वपूर्ण योगदान पनि सार्कीको थियो ।
पवन शर्राफले १४ रनको योगदान दिए । कुशल मल्ल र सोमपाल कामी ९/९ रनमा अविजित रहँदा नेपाल २९ बल अगावै ४ विकेटले खेल जित्दै सिरिज जित्न सफल भयो ।
पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जित्यो ।
पहिलो खेलमा अविश्वसनीय जस्तो लाग्ने स्थितिबाट कप्तान रोहित पौडेलले ४ विकेट लिँदै नेपाललाई ७ रनको सनसनीपूर्ण जीत दिलाएका थिए ।
दोस्रो खेलमा पनि सिनियर टिमका कप्तान रोहित, जुनियर यू–१९ टिमका कप्तान देव खनाल र ओपनर अनिल साहको शानदार खेलमा नेपालले सहजै सिरिज जितेको हो ।
नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा क्यानडाका लागि आरोन जोन्सनले ६२ बलमा ६५ रनको अर्धशतकीय पारी खेले । नवनति थलिवालले ६० बलमा ४६ रन बनाए । पर्गत सिंहले ३८ बलमा ३८, निकोलास किर्तोनले २० रनको योगदान दिए ।
बलिङमा जसले सम्हाले
टस जितेर ब्याटिङका लागि उत्रिएपछि क्यानडाले नेपालविरुद्ध आक्रामक शुरूवात गरेको थियो । १८.२ ओभरमा ९४ रनको बलियो स्थितिमा क्यानडा पुगेको थियो ।
जसले खेलमा कम्तीमा तीन सयमाथिको रन बन्ने स्थिति देखाएको थियो । तर १८.३ ओभरमा ४६ रन बनाएर खेलिरहेका नवनीत धलिवाललाई आशिफ शेखबाट क्याचआउट गराए ।
फेरि २२.२ ओभरमा आक्रामक खेलिरहेका आरोप जोनसनलाई भीम सार्कीले उत्कृष्ट फिल्डिङ गर्दै आशिफ शेखको सहयोगमा रनआउट गरे ।
यसपछि पनि पर्गत सिंह र निकोलास किर्तोनले फेरि क्यानडालाई १७९ रनसम्म पुर्याए । तर रोहितले ३८ रन बनाएका पर्गगतको विकेट लिएपछि नेपालले खेलमा फर्किने महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्न पुग्यो ।
त्यसपछि १८० मा ४, १९३ मा ५ र २१२ मा ६ विकेट गुमाउने स्थितिमा क्यानडा पुग्यो । २१६ मा ७ र २३९ मा ८ गुमाएपछि भने क्यानडा केही सम्हालियो ।
नेपालका लागि रोहित पौडेलले ८ ओभरमा ३२ रन दिँदा २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ५१ रन दिएर २ विकेट लिए ।
श्रेयश मोभ्भा र उदय भगवानले चुनौतीपूर्ण २८६ रनको लक्ष्य दिने क्रममा ४० र २० रन जोडे । तर बलिङमा प्रभाव देखाउन नसक्दा चुनौतीपूर्ण लक्ष्य दिए पनि क्यानडा पराजित हुन पुग्यो ।