![काठमाडौंमा सोनाम ल्होसारको रौनक [फोटो पिचर]](https://lktcdn2.prixacdn.net/media/Sonam_Losar_1_zC4IsH4H2q.jpg)
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार आज धुमधामसँग मनाइएको छ ।
नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीहरूले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन् ।
तामाङ समुदायले आज मुसा वर्गलाई बिदाइ गरी गाई वर्गलाई स्वागत गरेका छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मीठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ।
समुदायका सबै जना एकै ठाउँमा भेला भइ सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।
तामाङ समुदायमा आज छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरु १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।
सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।










तस्वीरहरू : फोटो लाइब्रेरी