३२ असार २०८३, बिहीबार

माओवादीले पदाधिकारीलाई दियो विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा

माघ २७, २०८०
काठमाडौं
माओवादीले पदाधिकारीलाई दियो विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइएको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारीकाे बैठकलाई दिएको हो । 

यस्तै माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने निर्णय पनि गरेकाे प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले आइतवारबाट शुरू हुने केन्द्रीय कमिटीमा अभियानमा बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पार्टी प्रवक्ता सापकोटाले बताए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्