×

NMB BANK
NIC ASIA

मकवानपुर गोल्डकपको उपाधि एपिएफलाई

मकवानपुर | माघ २७, २०८०

NTC
Premier Steels

सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपिएफ क्लबले एनआरटीलाई पराजित गर्‍यो । 

Muktinath Bank

निर्धारित समयमा गोल गर्न नसकेपछि खेल पेलान्टी सुटआउटमा पुगेको थियो । पेलान्टी सुटआउटमा एनआरटीका तर्फबाट जय गुरुङ, गोलरक्षक प्रिसो, विकेक गुरुङले गोल गर्न सफल भए भने सरोज तामाङ र अभिशेक लिम्बूले प्रहार गरेको बल बाहिर पुगेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै एपिएफका तर्फबाट एनी सेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गर्न सफल भए भने बुद्धीमान राई र दिपेश धिमालले गरेको प्रहार रोक्नुका साथै क्रसबारमा ठोकिएर बाहिर पुगेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसपछि खेल सडनडेथमा पुगेको थियो । सोही क्रममा एनआरटीको तर्फबाट मोहित गुरुङले गोल गर्न सफल भए भने रन्दीप पौडेलले प्रहार गरेको बल एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्न सफल भए । 

Vianet communication

एपिएफका लागि कप्तान मणि लामा र फोडे फोफानाले एक–एक गोल गर्दै उपाधि चुमे । उपाधिसँगै एपिएफले रु १५ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै उपविजेता बनेको (न्यूरोड) एनआरटीले रु १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । खेलको प्लेयर अफ दी म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपिएफका एञ्जल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर एपिएफकै कुलदीप कार्की, उत्कृष्ट मिल्डफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट फरवार्ड एनआरटीकै जोन क्लोरी घोषित भए । उनीहरूले जनही रु २० हजार नगदसहित ट्रफी प्राप्त गरे । 

उत्कृष्ट प्रशिक्षक एपिएफका सुमन श्रेष्ठ भए भने सर्वाधिक गोलकर्ता अनिश महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्व पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सौजन्य गरेको रोयल बुलेट बाइक प्राप्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x