रुकुम, २१ असोज– प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम र पूर्वी रुकुमबाट ३२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
संघीयतामा जाँदा दुई जिल्लामा विभाजन भएको रुकुममा पूर्वी र पश्चिम गरी एमालेले ३२ जना उम्मेदवारको नाम सिफारिस गरेको हो । पश्चिम रुकुमबाट ६ जनाको नाम सिफारिस हुनुपर्नेमा २० जनाको नाम सिफारिस गरिएको छ भने पूर्वी रुकुमबाट १२ जनाको नाम सिफारिस गरिएको छ ।
पश्चिम रुकुमबाट प्रत्यक्षमा ९ र सामानुपातिकमा ११ गरी २० जनाको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ नारायण शाह, नन्दराम देवकोटा र विद्यापति रिजाललाई सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ तिर्था गौतम, विमल पुन, सुरज परियार र गणेश केसी सिफारिसमा परेका छन् । प्रदेशसभाका लागी निर्वाचन क्षेत्र नं. १ बाट ठगेन्द्र प्रकाश पुरी, माधव गौतम र डिला शाहीको नाम सिफारिस गरी पठाएको छ । समानुपातिकमा गणेश केसी, देवी ओली र चन्द्रबहादुर बिक सिफारिसमा परेका छन् । निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टेका राणा तथा समानुपातिक तर्फ ऋषी शर्मा, कल्पना खड्का, खड्क परियार र मानविर घर्तीको नाम सिफारिस भएको छ ।
पूर्वी रुकुमबाट प्रनिनिधिसभामा प्रत्यक्षतर्फ टोपबहादुर ओली, मोहन केसी र नुमेन्द्रा खड्का सिफारिस भएका छन् । समानुपातिक तर्फ खेममान खड्का, नन्दलाल शर्मा र राजिमाया पुनलाई सिफारिस गरिएको छ ।
यस्तै प्रदेशसभामा निर्वाचन क्षेत्र नम्वर १बाट प्रत्यक्षतर्फ १ जना लक्ष्मीप्रसाद पुन मगरको नाम मात्रै सिफारिस गरिएको छ ।
प्रदेशसभाको समानुपातिकमा सतमान पुन, आशा स्वर्णकार र मस्त समाल रहेका छन् । पूर्वी रुकुमको २ नम्बर क्षेत्रबाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फ टीकाराम उपाध्याय र समानुपातिक तर्फ फत्ते ओलीको नाम सिफारिस गरिएको छ ।