२३ जेठ २०८३, शनिबार

दक्षिण सुडानकाे मानवीय राहत क्षेत्रमा भएको आक्रमणको राष्ट्रसंघले गर्‍यो निन्दा

माघ २७, २०८०
काठमाडौं
दक्षिण सुडानकाे मानवीय राहत क्षेत्रमा भएको आक्रमणको राष्ट्रसंघले गर्‍यो निन्दा
राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिका प्रमुख निकोलस हेसोम ।

जुबा– दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ।

दक्षिण सुडानका लागि राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा यूएनएमआईएसएसका प्रमुख निकोलस हेसोमले बोर टाउनबाट ६० किलोमिटर टाढा रहेको म्याकडिटबाट  त्यस क्षेत्रतर्फ गएको बेला उक्त घटना भएको बताएका छन् ।

उनले हतियारधारीहरूको एउटा समूह झाडीबाट एक्कासि निस्केको र संयुक्त राष्ट्रसंघको गाडीमा गोली हानेको थियो । यद्यपि त्यहाँ कुनै मानवीय क्षति हुन नपाएको जनाएको छ । साथै शान्ति सैनिकहरूले जवाफी कारबाही फर्काएको र आक्रमणकारीहरूलाई भगाएका थिए ।

‘यस आक्रमणले अत्यावश्य मानवीय खाँचोमा परेका समुदायहरूलाई महत्त्वपूर्ण सहयोग पुर्याउने र सुरक्षा प्रदान गर्ने शान्ति सैनिकहरूको जीवनलाई खतरामा पारेको छ। यो पूर्ण रूपमा अस्वीकार्य छ,’ हेसोमले शुक्रवार साँझ दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

राष्ट्रसंघका अधिकारीले जोङलेई राज्यको सरकारलाई सहयोग प्रदान गर्न स्थानीय सेनाको संयुक्त सुरक्षा टोलीलाई तुरुन्तै त्यस क्षेत्रमा तैनाथ गरेकोमा प्रशंसा गर्दै दोषीहरूमाथि अनुसन्धान अगाडि बढाउन र जवाफदेही बन्न आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्