२५ जेठ २०८३, सोमबार

ललितपुरको इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु

माघ २७, २०८०
काठमाडौं
ललितपुरको इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ । 

प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फालेपछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए । 

यस्तै घरकै कोठामा उनका ६ वर्षीय छोरा र दुई बर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रविनाले आत्महत्या गरेको घटनाको प्रकृतिले देखिएपनि दुई सन्तानको मृत्युका साथै अन्य कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्