२३ असार २०८३, मंगलबार

स्पेनमा डुङ्गाले जहाजलाई ठक्कर दिएको घटनाः ५ जना लागुऔषध कारोबारी समातिए

माघ २८, २०८०
काठमाडौं
स्पेनमा डुङ्गाले जहाजलाई ठक्कर दिएको घटनाः ५ जना लागुऔषध कारोबारी समातिए

म्याड्रिड–स्पेनको सिभिल गार्डले शनिवार लागुऔषध तस्करको डुङ्गाले जहाजलाई ठक्कर दिँदा दुईजना अधिकारीको मृत्यु भएको घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई समातेको छ । 

सिभिल गार्डले डुङ्गाका तीन जना यात्रुहरूलाई काडीज नजिकैको बारबेटको दक्षिणी बन्दरगाहमा शुक्रवारको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको जनाएको छ ।

साथै यात्रुहरू लिन गाडीमा यात्रा गर्ने अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको सिभिल गार्डले बताएको छ ।

घाइते दुईमध्ये एकजना अधिकारी अस्पतालमा रहेको तर खतरामुक्त रहेको सिभिल गार्डले जनाएको छ  ।

स्पेनका आन्तरिक मन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले घटनास्थल पुगेर घटनालाई ‘हत्या’को रूपमा अर्थ्याउँदै  लागुपदार्थको तस्करी रोक्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिब्राल्टर नजिकैको ब्रिटिश एन्क्लेभको सरकारले पनि अधिकारीको मृत्युमा शोक व्यक्त गरेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा अधिकारीको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

स्पेन उत्तर अफ्रिकाबाट युरोपमा आउने लागुऔषधका लागि प्रमुख ट्रान्जिट प्वाइन्ट हो।

salt training

कमेन्ट गर्नुहोस्