३१ जेठ २०८३, आइतबार

सूचीकृत कम्पनीमा विदेशी लगानी स्वीकृत गर्नु नपर्ने

माघ २८, २०८०
काठमाडौं
सूचीकृत कम्पनीमा विदेशी लगानी स्वीकृत गर्नु नपर्ने

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

 विदेशी लगानी  तथा  विदेशी  ऋण  व्यवस्थापन  विनियमावली,  २०७८ को तेस्रो संशोधनमार्फत राष्ट्र बैङ्कले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

साथै राष्ट्र बैङ्कले नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी  हुने  विदेशी  लगानी  र  औद्योगिक  व्यवसाय  ऐन,  २०७६ बमोजिमको रुग्ण उद्योगको विदेशी लागानीमा पनि राष्ट्र बैङ्कको स्वीकृति नचाहिने जनाएको छ । संशोधित विनियमावलीका  अनुसार  धितोपत्र  बजारमा  सूचीकृत  कम्पनीमा हुने विदेशी लगानीमा सेयर स्वामित्व परिवर्तन भए पनि राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्