२२ जेठ २०८३, शुक्रबार

दयाहाङ र मिरुनाको फिल्म ‘मनसरा’को छायांकन सकियो

माघ २८, २०८०
काठमाडौं
दयाहाङ र मिरुनाको फिल्म ‘मनसरा’को छायांकन सकियो

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को छायांकन सकिएको छ । पौष २१ गतेबाट सुरु भएको फिल्मको छायांकन ३० दिनमा सकिएको हो । 

ललितपुर, काठमाडौं र पाँचथरमा फिल्म खिचिएको छ । 

पाँचथरमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ आउँदो वर्षको वैशाख २१ गते रिलिज हुनेछ । 

फिल्ममा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिने छिन् । 

फिल्ममा दयाहाङ र मिरुनाका साथमा प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीको पनि शीर्ष भूमिकामा अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् ।

salt training

कमेन्ट गर्नुहोस्