२५ जेठ २०८३, सोमबार

मेसीले हङकङमा नखेल्दाको असर चीनसम्म, अर्जेन्टिनाका दुवै खेल रद्द

माघ २८, २०८०
काठमाडौं
मेसीले हङकङमा नखेल्दाको असर चीनसम्म, अर्जेन्टिनाका दुवै खेल रद्द

हङकङमा भएको एक मैत्रीपूर्ण फूटबल खेलमा अमेरिकी क्लब इन्टर मायमीका कप्तान लियोनल मेसीले नखेलेपछि त्यसको असर चीनसम्म पुगेको छ । मेसी नखेल्ने सम्भावनालाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले उनको कप्तानीमा रहेको अर्जेन्टिनाले चीनमा खेल्ने तय भएका दुई मैत्रीपूर्ण खेल रद्द गरेका छन् ।

विश्वविजेता अर्जेन्टिनाले मार्च २० र २४ मा चीनमा दुई अफ्रिकी टोली आइभरी कोस्ट र नाइजेरियासँग खेल्ने तय भएको थियो ।

null

बेइजिङमा आइभरी कोस्टसँग र हाङझाउमा नाइजेरियासँग खेल्ने तालिका थियो ।

साविक विजेता अर्जेन्टिनाले जुनमा अमेरिकामा शुरू हुने कोपा अमेरिका फूटबल प्रतियोगिताको तयारीस्वरुप यी दुई खेल खेल्न लागेको थियो । चीनले दुई खेल रद्द गरेसँगै अब अर्जेन्टिनाले कोपा अमेरिका तयारी गर्न अरु टोली खोज्नुपर्ने भएको छ ।

null

यसअघि गत आइतवार हङकङ–११ विरुद्ध इन्टर मायमीले खेल्दा मेसीले चोटका कारण नखेलेको तथ्य बाहिरिएको थियो । मेसीले टोलीबाट नखेलेपछि समर्थकहरू आक्रोशित भएका छन् । किनकि, उनीहरूले मेसीकै खेल हेर्नका लागि भनेर महंगो मूल्यमा टिकट खरिद गरेका थिए ।

यद्यपि मेसी तीन दिनपछि जापानमा भएको भिसेल कोबेविरुद्ध खेलमा भने बेञ्चमा देखिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्