०९ साउन २०८३, शनिबार
माओवादी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक

प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : माओवादी छाड्ने क्रम रोकियो, प्रवेश गर्नेहरू बढ्दैछन्

माघ २८, २०८०
काठमाडौं
प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : माओवादी छाड्ने क्रम रोकियो, प्रवेश गर्नेहरू बढ्दैछन्

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले पार्टीले चलाएको अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् ।

‘जनतासँग माओवादी अभियान’को समीक्षा प्रतिवेदन पेश गर्दै इन्चार्जहरूले माओवादीमा फेरि एकप्रकारको नयाँ लहर शुरू भएको बताए । ​​

आइतवारबाट काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकको शुरूमा रिपोर्टङ गर्दै इन्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको बताएका हुन् ।

उपत्यका विशेष कमिटीका इन्चार्ज वर्षमान पुनले आगामी चुनावमा माओवादीलाई पहिलो दलको रुपमा स्थापित गर्ने सम्भावना रहेको बताए । 

‘पार्टीले चलाएको अभियानले नयाँ उत्साह दिएको छ, विचार, संगठन र विधि प्रक्रियामार्फत महाधिवेशनमा जाँदा आगामी चुनावमा माओवादीलाई एक नम्बर बनाउने आधार छन्’, पुनले भने । 

कर्णाली प्रदेशका इन्चार्ज मात्रिका यादवले कर्णालीमा पार्टी सशक्त रहेको बताएका थिए । ‘कर्णालीमा काम गर्दा मलाई पनि नयाँ अनुभव भयो, पार्टी सशक्त छ, बाहिर प्रचार गरेजस्तो कमजोर भएको छैन’, यादवले भने । 

लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी छाडेर जाने क्रम रोकिएर प्रवेशको लहर चलिरहेको दाबी गरे । ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ’, शाक्यको भनाइ उद्धृत गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले भने । 

केही इन्चार्जहरूले भने पार्टीको नेतृत्वमा सरकार भए पनि कार्यकर्ता पंक्ति र जनतामा उत्साह नभएको टिप्पणी गरेका थिए ।

विधान सम्मेलनको तयारी स्वरूप माओवादीले केन्द्रीय समिति बैठक राखेको हो । इन्चार्जहरूको ब्रिफिङ पछिमात्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्