२८ जेठ २०८३, बिहीबार

प्रियंकालाई प्रश्न : प्रिमियरमा फिल्म हेर्दा नराम्रोलाई पनि राम्रो भन्नुपर्ने प्रेसर हुन्छ ?

माघ २८, २०८०
काठमाडौं
प्रियंकालाई प्रश्न : प्रिमियरमा फिल्म हेर्दा नराम्रोलाई पनि राम्रो भन्नुपर्ने प्रेसर हुन्छ ?
प्रियंका कार्कीको फेसबुकबाट

​​​प्रिमियरमा अक्सर फिल्मले सकारात्मक प्रतिक्रिया पाउँछन् । आफ्नो फिल्म हेरेर कलाकारहरूले केही राम्रो कुरा भनिदिऊन् भन्ने अपेक्षा निर्माण पक्षको हुन्छ । कलाकारहरू पनि फिल्म हेरेपछि तारिफमा आफ्ना शब्दहरू खर्चिन्छन् । राम्रो भन्नुपर्ने दबावकै कारण प्रिमियरमा खास्सै नपुग्ने कलाकारहरू पनि छन् । 

अभिनेत्री प्रियंका कार्की भने प्रिमियरमा नजाऊँ भन्ने आफूलाई कहिल्यै नलाग्ने गरेको बताउँछिन् ।

प्रिमियरमा जाँदै गर्दा फिल्म नराम्रो भएर राम्रो भन्नुपर्ने हो कि भन्ने दबाब पनि कहिल्यै महसुस नगर्ने उनले बताइन् । ​

हालसालै एक फिल्मको प्रिमियरमा पुगेकी प्रियंकाले भनिन् ‘प्रिमियरमा जान नपरे हुन्थ्यो भन्ने कहिल्यै पनि लाग्दैन । आफूले पनि कतिपय फिल्म गरेको छु जसले बक्स अफिसमा राम्रो गरेनन् होला । एउटा सोचले गरिएको फिल्मले त्यसअनुसारको रिजल्ट दिएनन् होला । म नराम्रो फिल्म बनाउँछु भनेर जानेर कोही पनि मैदानमा उत्रिँदैन । आफ्नो कथाप्रति विश्वास भएरै बनाउने हो । कहिले फिल्म सफल हुन्छ, तर राम्रो नहुन पनि सक्छ । कहिले फिल्म राम्रो हुन्छ सफल नहुन पनि सक्छ ।’ 

उनले नराम्रो लागेको फिल्मलाई एकदमै राम्रो भनेर आफूले कहिल्यै नभनेको बताइन् ।  ‘फिल्म एकदमै राम्रो थियो भनेर कहिल्यै भन्दिनँ । बरु, खिचाई एकदमै राम्रो थियो, लोकेशन एकदमै राम्रो थियो । मलाई यो पात्र एकदमै मन पर्यो जस्ता अरू जे राम्रो लाग्यो त्यो भन्छु’ प्रियंकाले भनिन् ‘कहिल्यै पनि नराम्रोलाई राम्रो भन्नुपर्छ भन्ने प्रेसर लिँदिनँ । किनकि फिल्मको कथा वा अरू कुराहरू मन नपरे पनि केही न केही मन परेको हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्