०६ असार २०८३, शनिबार

बैंकिङ कसुर मुद्दामा ९ करोडभन्दा बढी जरिवाना, १ जना पक्राउ

माघ २८, २०८०
काठमाडौं
बैंकिङ कसुर मुद्दामा ९ करोडभन्दा बढी जरिवाना, १ जना पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा ९ करोड ७ लाख ६ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।​

ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए । 

‘थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ’, उनले भने ।

प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’ फर्जी कम्पनीका कागजात बनाएर कर्जा लिएको खुलेको हो ।

उक्त मुद्दामा विसं २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना सुनाएको थियो ।

थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्