२३ जेठ २०८३, शनिबार

महासमितिमा बैठकमा उठान गर्ने एजेन्डाबारे छलफल गर्न कांग्रेसको हिन्दुराष्ट्र पक्षधरको बैठक आह्वान

माघ २८, २०८०
काठमाडौं
महासमितिमा बैठकमा उठान गर्ने एजेन्डाबारे छलफल गर्न कांग्रेसको हिन्दुराष्ट्र पक्षधरको बैठक आह्वान

 नेपाली कांग्रेसको हिन्दुराष्ट्र पक्षधरले पार्टीको महासमिति बैठकअघि तयारी बैठक बोलाएको छ । बैठकमा आफूहरुको तर्फबाट राखिने मुख्य एजेण्डा तय गर्न फागुन ४ गतेका लागि बैठक बोलाइएको हो । 

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिका सहसंयोजक लोकेश ढकालले फागुन ५ गते नयाँ बानेश्वरस्थित बानेश्वर बैकेटमा अपरान्ह १२ः३० बजेदेखि महासमितिमा उठान गर्ने प्रमुख एजेन्डाबारे छलफल हुने जानकारी दिए । उनले सोही बैठकमार्फत महाअभियानको घोषण पत्र जारी गरिने कार्यकमसमेत तय भएको समेत जानकारी दिए । 

आइतबार काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको अध्यक्षतामा बसुन्धरामा बसेको बैठकबाट सह–संयोजकद्वयमा  देवेन्द्रराज कँडेल र लोकेश ढकाललाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका छन् । 

यस्तै सल्लाहाकार परिषद्को संयोजकको जिम्मेवारी पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेलाई जिम्मा दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्