०८ असार २०८३, सोमबार

पहाडी भू-भागमा आंशिक बदली: कस्तो रहला देशभरको मौमस ?

माघ २९, २०८०
काठमाडौं
पहाडी भू-भागमा आंशिक बदली: कस्तो रहला देशभरको मौमस ?

हाल देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी वायु बुधबारबाट भने केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्