
इंग्लिश प्रिमियर लिगअन्तर्गत आर्सनलले वेस्ट ह्यामविरुद्ध फराकिलो जीत हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ६-० ले हराएको हो ।
आर्सनलको जितमा बुकायो साकाले दुई तथा विलियम सालिबा, गाब्रिएल माघालेस, लियान्ड्रो ट्रोसार्ड र डेकलान राइसले एक/एक गोल गरे ।
३२औं मिनेटमा राइसको कर्नर किकका हेडरमार्फत् गोल गर्दै सालिबाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा साकाले अग्रता दोब्बर बनाए ।
जितपछि आर्सनल २४ खेलमा ५२ अंकसहित तेस्रो स्थानमा यथावत छ । ५२ अंकसहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ । पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अंक छ । वेस्ट ह्याम भने ३६ अंकसहित आठौं स्थानमा छ ।