२३ जेठ २०८३, शनिबार

सुनसरीमा भारतीय गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

माघ २९, २०८०
काठमाडौं
सुनसरीमा भारतीय गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद
फाइल तस्वीर

सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट झण्डै दुई करोड रुपैयाँका नक्कली नेपाली नोट बरामद गरेको छ ।

बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ बाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए । 

नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई समेत पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा गाडीका चालक भारतको वीरपुर घर भएका २२ वर्षीय मोहमद सैयद रहेका छन् । 

ट्राफिक प्रहरीको चेकजाँचका क्रममा गाडीले चेकिङ छल्न खोजेपछि प्रहरीले खानतलासी गरेको थियो । 

नक्कली नोटहरू झोलामा राखेर, बोराभित्र कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

यसबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्