२१ जेठ २०८३, बिहीबार
माओवादी बैठकमा प्रचण्ड

भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान रोकिन्न– प्रधानमन्त्री

माघ २९, २०८०
काठमाडौं
भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान रोकिन्न– प्रधानमन्त्री
फाइल तस्वीर

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमाफियाविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने बताएका छन् । 

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठकको दोस्रो दिन सम्बोधन गर्दै प्रचण्डले सरकारी जग्गा हडप्नेविरुद्धको अभियान नरोकिने बताएका हुन् । ‘बालुवाटारको ललिता निवास काण्डदेखि शुरू भएको भूमाफिया विरुद्धको अभियान अहिले पनि चलिरहेको छ,’ प्रचण्डले भने, ‘सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाउँछ, चाहे भूमाफिया हुन् कि सुन तस्कर ।’

सरकारले बाँसबारी छाला जुता कारखानाको सरकारी जग्गा हडप्नेविरुद्ध कारबाही शुरू गरेको छ । बाँसबारीको नाम नलिई प्रचण्डले भूमाफियाँविरुद्ध सरकारले शुरू गरेको अभियान नरोकिने बताएका हुन् ।

प्रधानमनत्री प्रचण्डले सरकारले जनताको मन जित्नेगरी सरकारका नीति तथा कार्यक्रम र बजेटको गृहकार्य गरिरहेको बताए । ‘अर्थतन्त्र दबाबमा रहेको बेला अनेक उपाय अपनाएर जनतालाई विश्वास र भरोसा दिलाउनुपर्छ, सरकारको कामको प्रचार तपाईहरूले गर्नुस ।’ यसअघि प्रदेश इन्चार्जहरूले सरकारको कामका कारण जनता उत्साहित नरहेको गुनासो गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्