२४ जेठ २०८३, आइतबार

फिल्डमा नजाने नेतालाई घटुवा र निलम्बनसहित कारबाही गरौं : प्रचण्ड

माघ २९, २०८०
काठमाडौं
फिल्डमा नजाने नेतालाई घटुवा र निलम्बनसहित कारबाही गरौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फिल्डमा नजाने कार्यकर्तालाई कारबाही गर्न प्रस्ताव गरेका छन् । ‘जनतासँग माओवादी’ अभियानमा सहभागी नभएका नेतालाई निलम्बन र घटुवाको प्रस्ताव प्रचण्डले केन्द्रीय समितिमा राखेका हुन् ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा प्रचण्डले फिल्डमा जाँदै नजाने कार्यकर्तालाई ‘चरा’ क्याटगोरीमा राख्नुपर्ने बताएका हुन् ।

नेता परिचालन सबै ठाउँमा एकरूपता नभएको उनले बताए । ‘६० देखि ७५ प्रतिशत खट्ने कार्यकर्तालाई विशेष सम्मान दिनुपर्छ । उनीहरूलाई पार्टीको तर्फबाट शत प्रतिशत, त्यसपछि ५० प्रतिशत खट्नेलाई धन्यवाद पत्र दिने ४० प्रतिशतभन्दा कम खट्न आगामी दिनमा सतर्क भएर खट्नुहोला भन्ने पत्र दिने । चौथो क्याटगोरीको लागि कारबाही गर्ने’, प्रचण्डले भने । ​

कारबाही स्वरूप केन्द्रीय समितिबाट निलम्बन र घटुवालगायत हुनसक्ने प्रचण्डले बताए । 

विधान सम्मेलनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले इन्चार्जहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्