२७ असार २०८३, शनिबार

ट्रकसँग कार ठोक्कीँदा उपप्रधानमन्त्री तेमिरको मृत्यु

कात्तिक २०, २०७४
ट्रकसँग कार ठोक्कीँदा उपप्रधानमन्त्री तेमिरको मृत्यु

विसकेक, २१ असोज– किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।

एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७ः३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्