
रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रामेछाप नगरपालिका–९ ल्याङल्याङमा भएको दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए ।
उनका अनुसार उक्त ट्याक्टर सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो ।
घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।