मोरङको कानेपोखरी गाउँपालिका-६ आदर्श टोलस्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पैसा चोरी भएको छ।
सहकारीबाट नगद ९३ हजार ६ सय ४० रूपैयाँ गएराति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।