११ असार २०८३, बिहीबार

पाल्पा जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेमा ५ महिला र ३ पुरुष, अझै भएन सनाखत

फागुन १, २०८०
बुटवल
पाल्पा जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेमा ५ महिला र ३ पुरुष, अझै भएन सनाखत

पाल्पाका जीप दुर्घटना मृत्यु भएका आठ जनाको खनाखत भएको छैन ।  यद्यपि, मृत्यु हुनेमा ५ महिला र ३ पुरुष रहेको खुलेकाे पाल्पा प्रहरीले जनाएको छ । 

तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा मंगलवार साँझ भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले यसअघि जानकारी दिएका थिए ।

उनका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा केही घाइते भएका छन् ।

घटनास्थलमा पुगेको प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरूलाई उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्