०७ असार २०८३, आइतबार

विद्युत्‌को पोल चढ्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

फागुन २, २०८०
काठमाडौं
विद्युत्‌को पोल चढ्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​

तारकेश्वर नगरपालिका १० मनमैजु घले पुलस्थित बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको मंगलवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्