२६ असार २०८३, शुक्रबार

लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न रास्वपाको पैदल यात्रा

फागुन २, २०८०
बुटवल
लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न रास्वपाको पैदल यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न पैदल यात्रा गरेको छ ।

पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले बुधवार करिब १० किलोमिटर पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको हो ।

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणाधीन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनका साथै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चोकसम्म पैदल यात्रा गरेका थिए ।​​​

null

महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा ढिलाइ गर्ने छुट नरहेको बताए । ​

गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै उनले आफूहरूले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधान पत्र सरकारलाई बुझाउने बताए । ​​​

रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाएका थिए ।

null

null

salt training

कमेन्ट गर्नुहोस्