०९ साउन २०८३, शनिबार

माओवादी केन्द्रको विधान अधिवेशनः समूहगत सुझाव सङ्कलनको काम जारी

फागुन २, २०८०
काठमाडौं
माओवादी केन्द्रको विधान अधिवेशनः समूहगत सुझाव सङ्कलनको काम जारी

नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको दोस्रो दिन बुधवार समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन जारी छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेकोे विधान मस्यौदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्ने काम भइरहेको हो ।

मङ्गलवारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरू भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

एक समूहमा कम्तीमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो । सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरूको सहभागिता रहेको छ । 

बिहीवार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्