०९ असार २०८३, मंगलबार

स्कारपियोले साइकललाई ठक्कर दियोः दिदीबहिनीको ज्यान गयो

फागुन २, २०८०
बुटवल
स्कारपियोले साइकललाई ठक्कर दियोः दिदीबहिनीको ज्यान गयो

दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका–१ घर भएका दुई दिदीबहिनीको ज्यान गएको हो ।

हाल राप्ती गाउँपालिका–८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बहिनी वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कारपियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो । 

घाइते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवल लगिएको थियो । केसीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । स्कारपियो तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्