०४ असार २०८३, बिहीबार

निद्रा नलागे के गर्ने ?

कात्तिक २०, २०७४
निद्रा नलागे के गर्ने ?
निद्रा नलाग्ने समस्याले धरैलाई हैरान पारेको हुन्छ । तपार्ईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने केही विषयमा ध्यान पु-याउनुपर्छ ।nidra

– सुत्नुभन्दा तीन घन्टाअगाडि अनिवार्य रूपमा खाना खाने ।

– सुत्नुभन्दा एक घन्टाअगाडि आफूलाई मन पर्ने गीत–संगीत सुन्ने या किताब पढ्ने ।

– निद्रा लागेपछि मात्रै ओछ्यानमा जाने, निद्रा नलाग्दै ओछ्यानमा गएर निदाउने कोसिस नगर्ने ।

– सुत्ने र उठ्ने निश्चित समय बनाउने ।

– ओछ्यानमा गएको २० देखि ३० मिनेटसम्म पनि निद्रा लागेन भने कर गरेर सुत्ने प्रयास नगर्ने ।

– ओछ्यानबाट उठेर तत्काल आफूलाई सबैभन्दा अल्छी लाग्ने काम गर्ने । यसो गर्दा ४०–४५ मिनेटपछि आफैँ निद्रा लाग्छ ।

– सबैभन्दा ठूलो समस्या भनेको सुत्ने कोठामा टिभी राख्नु हो । सुत्ने तयारी गर्नुअघि टिभी बन्द गर्नुपर्छ ।

– सुत्नुभन्दा एक घन्टाअघि एक्सन तथा भूतको फिल्म नहेर्नु राम्रो हुन्छ ।
- नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्