०५ साउन २०८३, मंगलबार

माओवादी व्यवस्थित हुन लाग्यो भनेर बैरीहरू छट्पटिएका छन्ः प्रचण्ड

फागुन ३, २०८०
काठमाडौं
माओवादी व्यवस्थित हुन लाग्यो भनेर बैरीहरू छट्पटिएका छन्ः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी व्यवस्थित भएर आउन लागेकोमा बैरीहरू छटपटिएको टिप्पणी गरेका छन् । विधान सम्मेलनपछि पार्टी अझ सशक्त बन्ने उनले बताए । 

मंगलवारदेखि काठमाडौंमा जारी विधान अधिवेशनलाई विहीवार सम्वोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले माओवादी व्यवस्थित हुनलाग्दा बैरीहरू तरंगित भएको बताएका हुन् ।

‘माओवादी व्यवस्थित भएर आउँदैछन् भनेर बैरीहरुमा तरंग पैदा हुन्छ भन्ने नै मलाई लाग्छ । हामी पार्टी बनाउने प्रक्रियामा जहाँ आएका छौं, अब सशक्त ढंगले अगाडी बढ्छ,’ उनले भने । उनले कसलाई बैरी भनेका हुन, त्यो खुलाएनन् । 

प्रचण्डले विधान सम्मेलनमा व्यवस्थित ढंगले छलफल भएको पनि बताए । ‘छलफल र बहस खुलेर भयो, विभिन्न कोणबाट विचार प्रस्तुत पनि भयो व्यवस्थित, अनुशासित र संयमित ढंगले प्रस्तुत भयो, म खुसी भएको छु,’ उनले भने । 

१५१ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने र तिनले अध्यक्षलगायत पदाधिकारी चयन गर्ने व्यवस्थसहितको विधान पारित गर्दै अधिवेशन बिहीवार समापन हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्