×

NMB BANK
NIC ASIA

प्रहरीको ‘अपरेसन डंकी’

प्रतिव्यक्ति ४५ लाख भारू असुल्ने धन्दाको खुल्यो पोल, काठमाडौंमा थुनेर मेक्सिको पुगेको भन्दै गराइन्थ्यो फोन

काठमाडाैं | फागुन ३, २०८०

NTC
Premier Steels

नेपाल प्रहरीले भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर अमेरिका पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले बिहीवार काठमाडौंका रातोपुलको एक घरमा बन्धक बनाएर राखेका ११ जनालाई उद्धार गर्नेक्रममा​गिरोहलाई पक्राउ गरेको हो । बन्दक बनाउने भारतीय गिरोहका ९ जनालाई पक्राउ गरिएको बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । 

Muktinath Bank

प्रहरीले भारतीय नागरिक ५८ वर्षीय इन्दुसिंह यादव, लुधियाना पञ्जाबका ५१ वर्षीय निपुन गुप्ता, नयाँ दिल्लीका ४३ वर्षीय चरनजीत सिंह, पञ्जाबकै अशोक कुमारलाई सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै ताराचन्द्र कोलोनी महिपालका ५४ वर्षीय अब्दुल रहिम, पञ्जाबका ४७ वर्षीय मनीषकुमार महोत्रा, ३४ वर्षीय रवि नवाडे र  राजस्थानका ४३ वर्षीय रामचन्द्र शर्मालाई पनि बिहीवार नै सार्वजनिक गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पीडितहरूलाई अमेरिका लैजाने भन्दै भारतबाट नेपालमा ल्याएर बन्धक बनाएको बताए । ‘उहाँहरूलाई अमेरिका लैजाने भन्दै नेपालमा ल्याएर बन्दक बनाएको देखियो,’ उनले भने, ‘उहाँहरूलाई ८-९ दिनदेखि बन्दक बनाएर राखेको देखिन्छ ।’

Vianet communication

null

उनका अनुसार गिरोहमा संग्लग्न दलालहरूले ४ जनालाई भने २ दिनअगाडि मात्रै नेपाल ल्याएका थिए । उनीहरूलाई मेक्सिकोहुँदै अमेरिका लैजाने भन्दै नेपालमा ल्याएर पैसा बार्गेनिङ गरेको खुलेको प्रहरीको भनाइ छ । गिरोहका सदस्यहरूले बन्धक  बनाएकालाई परिवारसँग बोल्न दिइ मेक्सिको आइपुगेको भन्न लगाएका थिए । यसपछि त्यहाँ भएका एजेन्टले परिवारसँग पैसा लिने गरेको प्रहरीले खुलासा गरेको छ । ‘बन्धक बनाएकालाई उनीहरूले प्रविधिको प्रयोग गरेर मेक्सिकोजस्तो सिन देखाएका थिए । यसपछि परिवारलाई विश्वासमा पारेर पैसा लिने गरेको देखिएको छ । त्यसका लागि उनीहरूले एयरलाइन्सको नक्कली पास बनाएर परिवारलाई पठाउने गरेको पनि देखिएको छ,’ पत्रकार सम्मेलनमा एसएसपी खत्रीले भने । 

प्रहरीका अनुसार पीडितहरूलाई प्रतिव्यक्ति ४५ लाख भारतीय रुपैयाँ लाग्ने र साथमा ३ हजार डलर पनि बोक्नु पर्ने भन्दै ठग्ने गरेको पाइएको छ । ४ दिनअघि पञ्जाबबाट नेपाल ल्याइएका ३४ वर्षीय भूपेन्द्र सिंहले दलालहरूले आफ्ना आफन्तबाट ४५ लाख रुपैयाँ लिएको बताए । ‘हामीहरूले भिडियो कलमा आएको बतायौं । त्यसपछि त्यहाँ परिवार नगद ४५ लाख भारू दिनुभएको छ,’ सिंहले लोकान्तरसँग हिन्दीमा भने, ‘त्यति नगरेको भए यहाँ हामीलाई मार्ने धम्की दिएका थिए ।’

यसबारे परिवारसँग सत्य बोले वा कुनै इसारा गरे दलालहरूले कुटपिट गर्ने गरेको पनि उनले बताए । उनले नेपाल प्रहरीले उद्धार गर्दा पनि आफूलाई शुरूमा विश्वास नलागेको बताए । ‘उनीहरूले सबै चिज नक्कली बनाएका थिए । हामीलाई पहिला प्रहरीले उद्धार गर्न आएको हौं भन्दा विश्वास लागेन । यिनीहरूले नै ल्याएका हुन् जस्तो लागेको थियो । तर पछि प्रहरीले सम्झाएपछि र पोशाक देखेपछि विश्वास लागेको हो,’ सिंहले लोकान्तरसँगको कुराकानीमा भने ।

null 

प्रहरीका अनुसार पहिले उनीहरूले पहिले सोध्दा आफूहरू गार्मेन्ट र सिरकको काम गर्न आएको बताएका थिए । उनीहरूलाई विश्वास दिलाएपछि मात्रै कुरा खोलेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा अपरेसन चलाएको थियो । 

हिन्दी फिल्म ‘डंकी’मा मानव बेचबिखनको विषय भएकाले नेपाल प्रहरीले त्यसैका आधारमा अपरेसनको नाम ‘अपरेसन डंकी’ राखेको एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘यो पनि मानव तस्करीसँग जोडिएको विषय भएकाले त्यसलाई त्यही फिल्मका आधारमा नाम राखेका हौं,’ एसएसपी खत्रीले भने । 

उनका अनुसार बन्धक बनाउनलाई तस्करी गिरोहले ३ महिनादेखि घर भाडामा लिएका थिए । ‘उनीहरूले मासिक ७५ हजार रुपैयाँ तिरेर घर भाडामा ल्याएको देखिन्छ,’ एसएसपी खत्रीले भने । 

घरधनीले पनि कस्ता व्यक्तिहरू बस्न लागेका हुन् भन्ने विषय सोधीखोजी नगरी सम्झौता गरेर भाडामा दिएको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले उद्धार गरेका ११ जनालाई एक होटलमा राखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x