२९ जेठ २०८३, शुक्रबार

एमाले धादिङ अध्यक्षमा पुनः त्रिपाठी निर्वाचित

फागुन ४, २०८०
काठमाडौं
एमाले धादिङ अध्यक्षमा पुनः त्रिपाठी निर्वाचित

नेकपा (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित भएका हुन् । त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो ।

एक सय पाँच सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्