२९ जेठ २०८३, शुक्रबार

बझाङमा जीप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

फागुन ४, २०८०
काठमाडौं
बझाङमा जीप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।   

तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक बिहीबार साँझ दुर्घटना भएको हो । 

दुर्घटनामा तलकोट–१ की सुस्मिता कठायतको ज्यान गएको छ । घाइते तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए  । जीप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्