
भारतको दिल्लीस्थित अलिपुरमा रहेको केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बिहीबार साँझ दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार नजिकैका पसल र घर जलेर नष्ट भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
त्यसपछि खोजी अभियानमा सातै जनाको शव निकालिएको थियो । भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख छ ।