काठमाडौं, २२ असोज- नेपाल आयल निगमले भारतीय ओइल कर्पोरेसन (आईओसी) बाट खाना पकाउने एलपी ग्याँसको मूल्य बढेर आए पनि नेपालमा मूल्य नबढ्ने जानकारी दिएको छ । आईओसीबाट नेपाल आयल निगमलाई मूल्य वृद्धि भएको सूची आएको भए पनि निगमले तत्काल ग्याँसको मूल्य नबढाउने जानकारी दिएको हो ।

निगमका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यले भारतबाट खाना पकाउने ग्याँस र डिजलको मूल्य बढेर मूल्यसूची आएको बताए , राजधानी दैनिकमा खबर छ ।