२३ जेठ २०८३, शनिबार

३० वर्षे अवकाश नीतिले आर्थिक भारमा कमी

कात्तिक २०, २०७४
३० वर्षे अवकाश नीतिले आर्थिक भारमा कमी
काठमाडौं, २२ असोज- नेपाल राष्ट्र बैंकले ३० वर्षे सेवा अवधि हटाएसँगै आर्थिक भार न्यूनीकरण हुने भएको छ । राष्ट्र बैंकले ३० बर्से कार्यकाल हटाएर उमेर हदका आधारमा ५८ बर्से एकद्वार अवकाश नीति बनाएसँगै राष्ट्र बैंकलाई हुने ठूलो आर्थिक भार कम हुने देखिएको हो ।nrb

गत आइतबार राष्ट्र बैंक सञ्चालक समितिले अवकाश नीतिको विद्यमान अवस्थालाई परिमार्जन गर्दै ५८ वर्षे अवकाश नीति लागू गर्ने गरी रायका लागि लोक सेवा आयोग पठाइसकेको छ । लोक सेवाबाट राय आउनेबित्तिकै ३० वर्षे नियम हटेर ५८ वर्षे सेवा अवधि लागू हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५८ वर्षे अवकाश नीति लागू गरेसँगै ३ सयभन्दा कर्मचारीको सेवा अवधि लम्बिएको छ ।

जसले आगामी दिनमा बैंकिङ क्षेत्र सुधारमा ठूलो सहयोग पुग्न सक्ने राष्ट्र बैंक जनाएको छ, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्