०१ असार २०८३, सोमबार

बुटवलको जंगलमा मृत भेटिए डडेलधुरामा कार्यरत हवल्दार

फागुन ४, २०८०
बुटवल
बुटवलको जंगलमा मृत भेटिए डडेलधुरामा कार्यरत हवल्दार

बुटवल नजिकैको जंगलमा नेपाल प्रहरीका एक जना हवल्दार मृत फेला परेका छन् ।

प्रहरी चौकी भातागाडा, डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र ठकुल्लाको ​शव बुटवलको जंगलमा फेला परेको रुपन्देही प्रहरी प्रमुख भरत विकले जानकारी दिए । 

‘हाम्रो अनुसन्धानमा उनी काठमाडौंबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ’, एसपी विकले भने, ‘हामीले पुस २९ गते बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव भेटेका हौं । हामीले भेट्दा शव सडिकसको अवस्था थियो ।’

ठकुल्लाको मानसिक अवस्था ठीक नभएको पाइएको एसपी विकले बताए । 

‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ', एसपी विकले भने । ठकुल्लाको शव पोस्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्