०५ साउन २०८३, मंगलबार

प्रधानसेनापति शर्माले गरे पाथीभराको दर्शन

फागुन ४, २०८०
काठमाडौं
प्रधानसेनापति शर्माले गरे पाथीभराको दर्शन

प्रधानसेनापति प्रभुराम शर्माले पाथीभराको दर्शन गरेका छन् ।

शुक्रवार बिहान हेलिकप्टरमार्फत पाथीभरा पुगेका शर्मा पाथीभराको दर्शन गरेर काठमाडौं फर्किएका छन् ।

सेनाको हेलिकप्टरमा पाथीभरा पुगेका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

पाथीभराको दर्शनपछि उनले यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको बताएका थिए ।

गत वर्ष पनि पाथीभराको दर्शनमा पुगेका शर्माले यस पटक पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्