१७ असार २०८३, बुधबार

बच्चाले लाइटर चलाउँदा घरमा आगलागी

फागुन ४, २०८०
ताप्लेजुङ
बच्चाले लाइटर चलाउँदा घरमा आगलागी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर चलाउँदा एउटा घर जलेको छ।

प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर चलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आज दिउँसो  लिम्बूका घरमा आगलागी भएको हो ।

बच्चाले लाइटर बालेर खेल्दा फुसको घरमा आगो लागेको हो । घरसँगै रहेको गाई गोठ पनि नष्ट भएको छ ।

घरभित्रको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सबै सामान नष्ट हुँदा रु ५५ हजारभन्दा बढीको क्षति भएको पनि उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्