०२ असार २०८३, मंगलबार

वीर र ट्रमा सेन्टरमा फोहोर व्यवस्थापनबारे सुधारका थप काम गर्न सुझाव

फागुन ४, २०८०
काठमाडौं
वीर र ट्रमा सेन्टरमा फोहोर व्यवस्थापनबारे सुधारका थप काम गर्न सुझाव

काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ । जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ । 

ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हो ।

अस्पतालहरुले संक्रमित फोहोरलाई सामान्य बनाउन थालेको प्रयास सन्तोषजनक रहेको र यी प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्ने उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाव दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्