०४ साउन २०८३, सोमबार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको जर्मनी भ्रमणः द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

फागुन ४, २०८०
काठमाडौं
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको जर्मनी भ्रमणः द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

बर्लिन– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग एउटा द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रवार उनले फ्रान्ससँग अर्को एक सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका छन् । 

रुसद्वारा पूर्णस्तरको युद्ध सुरु गरेको करिब दुई वर्षपछि किएभले पश्चिमी समर्थन बढाउनका लागि काम गरिरहेका बेला यसबाट दीर्घकालीन समर्थनको एउटा बलियो सङ्केत प्राप्त भएको छ । 

युक्रेनी नेतालाई बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्जले स्वागत गरे । लगत्तै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई भेट्न पेरिस जाने तयारी गरिएको थियो ।

नियोजित संयुक्त पत्रकार सम्मेलनअघि स्कोल्जले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जेलेन्स्की र मैले हाम्रो दीर्घकालीन सुरक्षा प्रतिज्ञाहरूमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थियौँ ।’ उनले उक्त सम्झौतालाई ‘ऐतिहासिक कदम’ भनेका छन् । सरकारले सम्झौताको विवरण तत्काल दिएको छैन । 

गत महिना बेलायती प्रधानमन्त्री ऋषि सुनकले किएभको भ्रमण गर्दा युक्रेन र बेलायतबीच भएको सुरक्षा सम्झौतापछि जर्मनीसँग द्विपक्षीय सुरक्षा तथा दीर्घकालीन समर्थन सम्झौता भएको हो । यो सम्झौताले आगामी १० वर्षलाई समेट्ने छ । 

जेलेन्स्कीले शनिवार उच्चस्तरीय सुरक्षा तथा विदेश नीति अधिकारीहरूको वार्षिक सभाका रूपमा रहेको म्युनिख सुरक्षा सम्मेलनमा भाग लिनेछन् । उक्त सम्मेलनमा उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य नेताहरूलाई भेट्ने योजना बनाएका छन् । 
    
गोला–बारुदको आपूर्ति र कर्मचारीको कमीका कारण युक्रेन युद्धमा रक्षात्मक भएकाले दीर्घकालीन ऐक्यबद्धताको सन्देश दिने सुरक्षा सम्झौताको प्रमुख उद्देश्य रहेको प्रतीत हुन्छ । 

सम्झौताको विवरण सार्वजनिक गर्ने अनुमति नभएका एक फ्रान्सेली अधिकारीले अज्ञातरूपमा कुरा गर्दै जेलेन्स्कीको भ्रमणअघि पेरिससँगको सम्झौताको उद्देश्य युक्रेनलाई ‘दीर्घकालीन समर्थन प्रदान गर्नु’ र ‘दृढ सङ्कल्पको सन्देश’ पठाउनु रहेको बताए । उाले सम्झौतामा सैन्य र सुरक्षा प्रतिबद्धताका साथै वित्तीय र आर्थिक सहयोग पनि समावेश हुनेछ । 

बेलायत–युक्रेन सम्झौतामा युक्रेनको रक्षा निर्माणमा सहयोग गर्ने र रुसबाट पुनः आक्रमण भएमा ‘द्रुत र दिगो सुरक्षा सहयोग’ प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो । यद्यपि यो व्यापक विस्तारमा गएको छैन । 

युरोपेली सहयोगीहरूले हालैका दिनहरूमा अमेरिकी कांग्रेससँग युक्रेनलाई ६० अर्ब डलरको प्याकेजलाई स्वीकृति दिन आग्रह गरेका छन् । उक्त प्याकेजले ठूलो मात्रामा अमेरिकी रक्षा संस्थाहरूलाई मिसाइल, युद्ध सामग्री र अन्य सैन्य हार्डवेयर बनाउनका लागि युक्रेनको युद्ध क्षेत्रमा पठाउनेछ । उक्त प्याकेजले हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्किनहरूको विरोधको सामना गर्नु परिरहेको छ । 

जर्मन चान्सलर स्कोल्जले अमेरिकी कोष जारी गर्ने अत्यावश्यकतालाई जोड दिन एक साताअघि वासिङ्टनको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेपछि उनले भनेका थिए, ‘हामीले यताउता घुम्न जरुरी छैन, युक्रेन आफ्नो रक्षा गर्न सक्षम हुनेछ भन्ने प्रश्नका लागि अमेरिकाको समर्थन अपरिहार्य छ ।’

अमेरिकापछि जर्मनी अहिले युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो । साथै स्कोल्जले हालै अन्य युरोपेली मुलुकहरूसँग थप हतियार वितरण गर्न आह्वान गरेका छन् । 

सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि गत वर्ष जेलेन्स्कीले बर्लिनको पछिल्लो भ्रमण गरेका थिए । सन् २०२३ को फेब्रुअरी र मेमा भ्रमणहरूपछि शुक्रवारको भ्रमण आक्रमणपछि उनको पेरिसको तेस्रो भ्रमण हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्