०४ साउन २०८३, सोमबार

'पाकिस्तान सुपर लिग' डिशहोम एक्शन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण

फागुन ५, २०८०
काठमाडौं
'पाकिस्तान सुपर लिग' डिशहोम एक्शन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण

पाकिस्तान सुपर लिगका खेलहरू डिशहोमको एक्शन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएका छन् ।

१७ फेब्रुअरीबाट हुने लिगका खेलहरू एक्शन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ । नेपालीहरूको क्रिकेटप्रतिको माया र साथलाई मध्यनजर गर्दै उक्त लिगका खेलहरू प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको डिशहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘१७ फेब्रुअरीदेखि मार्च १८ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रुपमा क्रिकेटको उत्साह प्रदान गर्ने बाचा गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

एक्शन स्पोर्ट्स एचडीमा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा आफू रम्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्